काठमाडौं-नेकपा (एकीकृ समाजवादी)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले भ्रष्टाचारका मुद्दामा अब विगतका कुनै पनि प्रधानमन्त्री नबच्ने बताएका छन् ।
पार्टी अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जली योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
विगतमा भएका क्याबिनेट बैठकका निर्णयहरु सबै भ्रष्टाचारजन्य केस बन्न सक्ने भन्दै उनले भने, ‘ अव प्रधानमन्त्रीहरु बच्नेवाला छैनन् र अर्को कुरा कनै पनि प्रधानमन्त्री वा क्याबिनेटले अब कुनै ठूलो महत्वपूर्ण निर्णय गर्दैन।’