AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अमेरिकाले नेपाललाई दिँदै आएको टीपीएस सुविधा खारेज

अमेरिकाले नेपाललाई दिँदै आएको टीपीएस सुविधा खारेज

  • शुक्रबार, जेष्ठ २४, २०८२
अमेरिकाले नेपाललाई दिँदै आएको टीपीएस सुविधा खारेज

काठमाडौं-अमेरिकाले नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा १० वर्ष पछि खारेज हुने भएको छ । सन् २०१५ मा गएको भुकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको हो ।

अमेरिकाको युनाइटेड स्टेट सिटिजनशीप एन्ड इमिग्रेसन सर्भिसेज (युएससीआइएस) ले बिहीबार सूचना प्रकाशित गरेर दुई महिना पछि पूर्ण खारेजीमा जाने जनाएको छ ।

अमेरिकाको गृह सुरक्षा मन्त्रालयले टीपीएस हैसियतमा अमेरिकामा बस्दै आएका नेपालीहरूको अरू हैसियतमा बस्ने वैधानिक आधार छैन भने अब स्वदेश फर्किने तयारी गर्न पनि भनेको छ ।

मन्त्रालयको सूचना अनुसार टीपीएस सुविधामा अमेरिकामा बसिरहेका नेपालीले अबको दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने हुन्छ । चार वर्षअघि सन् २०२१ को अन्त्यसम्ममा १४ हजार पाँच सय ५६ नेपाली अमेरिकामा टीपीएस कार्यक्रमअन्तर्गत बसिरहेका थिए ।

सम्बन्धित समाचार