AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्छ : गगन थापा

पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्छ : गगन थापा

  • शुक्रबार, जेष्ठ २४, २०८२
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्छ : गगन थापा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले दायर गरेको भ्रष्टाचारको मुद्दाको बारेमा कुनै टिप्पणी नगर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेपालमाथि आयोगले चलाएको मुद्दा अब अदालतको विषय भइसकेकाले सम्मानपूर्वक निरुपण गरिनुपर्ने बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा बिहिवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सम्बन्धित समाचार