mega darknetmega darknet
AarthikBikash
बिहिबार, कार्तिक २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार लगियो

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार लगियो

  • शुक्रबार, जेष्ठ ३१, २०८२
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार लगियो

काठमाडौं-चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार लगिएको छ।

प्रदर्शनका कमाण्डर प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश दिएको थियो।

राति झण्डै साढे १२ बजे आदेश आएपछि उनीहरु ७ जना र धरौटी बुझाइनसकेका ६ जना गरी १३ जनालाई डिल्लीबजार कारागार लगिएको हो। तर, ती ६ जना भने धरौटी बुझाउनासाथ रिहा हुनेछन्।

कारागार चलान हुनेमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन्।

अन्य ३२ जना प्रतिवादीलाई भने धरानैटीमा रिहा गर्न अदालतको आदेश छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत ११ जना प्रतिवादीहरु भने फरार छन्।

उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो। दुर्गा प्रसाईँसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा लागेको छ।

सम्बन्धित समाचार