AarthikBikash
आइतवार, असार १, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बागलुङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

बागलुङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

  • शनिबार, जेष्ठ ३२, २०८२
बागलुङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

बागलुङ-बागलुङमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ढोरपाटन नगरपालिका–२ का नरबहादुर कार्की, भीम कुमारी बुढा, टिका कुमारी कुँवर र मन कुमारी थापा रहेका छन् ।

कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा, थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुंँवरको शव बाटोबाट बुर्तिवाङ नै फर्काइएको थियो । मृत्यु हुने तीन जनाको शव अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ । जिप दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लुप्र०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना हुँदा भएको थियो । जिप सडकदेखि ६० मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार