काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग संसद्मा जारी अवरोधबारे छलफल गरेका छन् । छलफलमा सभामुख घिमिरेले संघर्षको स्वरुप परिवर्तन गर्न सुझाएका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राखेर रास्वपा संसद्मा विरोधमा छ । सभामुखले संघर्षको स्वरुप परिवर्त गर्न सुझाउँदै आएका छन् । रास्वपाले आफूहरूको संघर्ष जारी रहने बताएको छ ।