mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • ६ सडक पूर्णरुपमा अवरुद्ध : ५६ जिल्लाका नदीमा बहाब बढ्ने अनुमान, सतर्कता अपनाउन आह्वान

६ सडक पूर्णरुपमा अवरुद्ध : ५६ जिल्लाका नदीमा बहाब बढ्ने अनुमान, सतर्कता अपनाउन आह्वान

  • बिहिबार, असार ५, २०८२
६ सडक पूर्णरुपमा अवरुद्ध : ५६ जिल्लाका नदीमा बहाब बढ्ने अनुमान, सतर्कता अपनाउन आह्वान

काठमाडौं-बाढी पहिराको कारण देशका ६ वटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्।

वर्षापछि बाढीपहिरो जाँदा पाँच प्रदेशका ११ राजमार्ग अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ। जसमा ६ वटा सडक पूर्णरुपमा अवरुद्ध बनेका हुन्।

धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने मुख्य सडक अवरुद्ध बनेका हुन्। जसमध्ये पाँचवटा सडकमा भने पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौंसहित ५६ जिल्लामा सतर्कता अपनाउन भन्दै बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

अविरल वर्षाका कारण अधिकांश नदीमा बहाब सामान्य बढ्ने अनुमान रहेकाले उक्त जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी महाशाखाले अनुरोध गरेको छ ।

बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने अधिकांश नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

त्यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, पर्सा, चितवन, नवलपुरपूर्व, नवलपुरपश्चिम, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, अछाम, दैलेख, दार्चुला, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश नदीमा बहाब सामान्य बढ्ने अनुमान रहेकाले उक्त जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार