AarthikBikash
बिहिबार, असार ५, २०८२
  • होमपेज
  • राजनीति
  • संसद् बैठक आज पनि प्रभावित, छलफलमै सभामुख

संसद् बैठक आज पनि प्रभावित, छलफलमै सभामुख

  • बिहिबार, असार ५, २०८२
संसद् बैठक आज पनि प्रभावित, छलफलमै सभामुख

काठमाडौं-प्रतिनिधि सभाको बैठक आज पनि प्रभावित भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक अझै सुरु भएको छैन ।

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । संसद्को अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ ।

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीको राजीनामा मागिरहको छ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर वेल घेराउ र नारावाजी गरिरहेको छ ।

सम्बन्धित समाचार