AarthikBikash
बिहिबार, असार ५, २०८२
  • होमपेज
  • राजनीति
  • सचिवहरुको दबाबमा नआउन प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको आग्रह

सचिवहरुको दबाबमा नआउन प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको आग्रह

  • बिहिबार, असार ५, २०८२
सचिवहरुको दबाबमा नआउन प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको आग्रह

काठमाडौं-नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सचिवहरुको धम्कीको दबाबमा नआउन प्रधनमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले कुलिङ पिरियड हटाउन उच्चपदस्थ कर्मचारीले दिएको धम्कीसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

लामो छलफल र बहसपछि सदनमा आइपुगेको निजामती विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हटाउन नहुने बताए ।

उनले भने, ‘कुलिङ पिरियड नअटाए २५ सचिवले राजीनामा दिन्न्छौं भन्दै प्रधानमन्त्रीलाई धम्क्याएको सुनिएको छ । प्रधानमन्त्री त्यस्ता धम्कीको दबाबमा आउनु हुँदैन ।’

२५ सचिवले राजीनामा दिए २५ सहसचिवले नयाँ जिम्मेवारी पाउँने उनले बताए ।

सम्बन्धित समाचार