кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, असार ६, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • संसदबाट राप्रपासँगै बाहिरियो रास्वपा

संसदबाट राप्रपासँगै बाहिरियो रास्वपा

  • शुक्रबार, असार ६, २०८२
संसदबाट राप्रपासँगै बाहिरियो रास्वपा

काठमाडौं-प्रतिनिधि सभाको बैठकमा वेल घेराउ गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज बाहिरिएका छन् ।

आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध गर्दै आईरहेका थिए ।

प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गर्दै मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।

त्यसपश्चात राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् ।

रास्वपाका सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।

सम्बन्धित समाचार