кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, असार १९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • निजामती विधेयकमाथि तलमाथि भएको कुरा आयो, कारवाही हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

निजामती विधेयकमाथि तलमाथि भएको कुरा आयो, कारवाही हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

  • बुधबार, असार १८, २०८२
निजामती विधेयकमाथि तलमाथि भएको कुरा आयो, कारवाही हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं-कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामति विधेयकमा चलखेल गर्नेलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले यस्तो माग गरेका हुन ।

उनले निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानविन हुने बताए । छानविनपछि जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने उनले बताए।

सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे ।

उनले सरकारको आलोचना गर्ने नेताहरूले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।

सम्बन्धित समाचार