кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, असार २२, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • राष्ट्र बैंकमा लगानीयोग्य ५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो : गभर्नर पौडेल

राष्ट्र बैंकमा लगानीयोग्य ५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो : गभर्नर पौडेल

  • आइतवार, असार २२, २०८२
राष्ट्र बैंकमा लगानीयोग्य ५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो : गभर्नर पौडेल

काठमाडौैं-गभर्नर विश्वनाथ पौडेलले यतिबेला निक्षेप र विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बताउका छन् ।

उनले लगानीयोग्य रकम पर्याप्त रहेको बताउँदै लगानीको अवसर आएको बताए ।

आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले यतिबेला बैंकमा निक्षेप पनि उच्च रहेको, विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकास हुनेगरी लगानी अवसर आएको उल्लेख गरे ।

राष्ट्र बैंकसँग बैंकहरूको ५ खर्ब २० अर्ब रुपैयाँ रकम थन्किएको उल्लेख गर्दै उनले भने–‘अब वित्त नीतिले नेतृत्व गरी ऊर्जाजस्तै लगानीका अरु क्षेत्र पहिचान गर्नुपर्छ ।’

मौद्रिक नीति र वित्त नीतिबीच समन्य गरेर अघि बढ्नुपर्ने बेला रहेको बताउँदै उनले बैंक तथा वित्तीय संस्थाको नियमनमा माइक्रो इकोनोमिक दृष्टिकोणले सोच्नुपर्ने अवस्था रहेको बताए ।

अझै पनि ग्रामीण क्षेत्रमा चाहेअनुसार ऋण जान नसकेकोले आगामी मौद्रिक नीतिबाट त्यसलाई सम्बोधन गरिने उनको भनाई थियो ।

सम्बन्धित समाचार