кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • रसुवा बाढी : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दै

रसुवा बाढी : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दै

  • मङ्लबार, असार २४, २०८२
रसुवा बाढी : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं-रसुवा बाढीका कारण राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दैछ।

बैठक दिउँसो १ बजे गृहमन्त्रालयमा बस्नेछ।

रसुवामा आएको बाढीका कारण भएको क्षतिबारे छलफल, खोज, उद्दार राहत र पुननिर्माणबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाएको गृहमन्त्रालयले जनाएको छ।

मंगलबार बिहान रसुवाको भोटेकोशीमा बाढी आउँदा १६ जना बेपत्ता छन् भने ९ जनाको उद्दार गरिएको रसुवा प्रहरीले जनाएको छ।

बाढीले नेपाल–चीन सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन्।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमा तीनजना नेपाल प्रहरी, तीनजना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेका छन्। रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको उनले बताए।

बाढीले सीमामा रहेका चार्जिङ स्टेसन,रसुवागढी जलविद्युत् आयोजनालगायतका संरचनामा पनि क्षति पुर्‍याएको छ। भन्सार यार्डमा रहेका मालवाहक कन्टेनर तथा विद्युतीय सवारीहरू समेत बगाएको छ।

बाढीले पुर्याएको क्षतीको पूर्ण विवरण भने आइसकेको छैन ।

सम्बन्धित समाचार