кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • समाज
  • रसुवा भीषण बाढी : ७ जनाको शव फेला, अन्यको खोजी जारी

रसुवा भीषण बाढी : ७ जनाको शव फेला, अन्यको खोजी जारी

  • मङ्लबार, असार २४, २०८२
रसुवा भीषण बाढी : ७ जनाको शव फेला, अन्यको खोजी जारी

काठमाडौं– गएराति आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता भएकामध्ये विभिन्न स्थानमा ७ जनाको शव फेला परेको हो । भोटेकोशी नदीको बाढीमा परेर १८ जना बेपत्ता भएका थिए । बाढीमा फसेकामध्ये हालसम्म ५५ जनाको उद्धार भएको छ। बाढीले नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाएको थियो । बाढीबाट प्रभावित क्षेत्रहरूमा अहिले पनि खोज, उद्धार र राहत कार्य तीव्र रूपमा चलिरहेको छ । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र सिविल समाजका स्वयंसेवकहरू उद्धार कार्यमा जुटिरहेका छन् ।

सम्बन्धित समाचार