एजेन्सी-अमेरिकाले ‘द रेजिस्टेन्स फ्रन्ट’लाई विदेशी आतंकवादी संगठन घोषणा गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो जानकारी दिँदै एक विज्ञप्ति जारी गरेका हुन् ।
उनले भनेका छन्, ‘लश्कर-ए-तैयबाको मोर्चा, फ्रन्टले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको छ। यसमा २६ जना नागरिक मारिएका थिए।’
यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीले मे ७ मा एक प्रेस ब्रिफिङको क्रममा पहलगाम आक्रमणको लागि फ्रन्टलाई जिम्मेवार ठहराएका थिए ।