काठमाडौं-नेपाली कांग्रेसका सात नेताबीचको भेला चाक्सीबारीमा जारी छ ।
प्रकाशमान सिंह निवास चाक्सीबारीमा सात पूर्व पदाधिकारीहरुको बैठक अहिले बसिरहेको हो ।
भेलामा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, महामन्त्रीत्रय शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह र नेता डा. प्रकाशशरण महत छन् ।
सात नेताले सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारी गरेका छन् । सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारको बारेमा आज थप छलफल हुने पनि बताइएको छ ।