चितवन-पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका-२ का मोटरसाइकल चालक ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राती १२:३० बजे खैरहनी बाट टाँडीतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ च ०५१० नम्बरको सागसब्जी बोक्ने बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३-००१ख३३६५ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६-००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राती मृत्यु भएको हो। बोलेरो र चालक प्रहरीको नियन्त्रणमा छन्।