सिरहा-सिरहाको गोलबजार नगरपालिका-३ स्थित मुसहर्नियाँमा बिहीबार भाइको खुकुरी प्रहारबाट दाईको मृत्यु भएको छ ।
२५ वर्षीय भाई श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्नै ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् ।
छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद शाहका अनुसार घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको छ ।