काठमाडौं-काठमाडौं महानगरपालिकाले सडकमा माटो खसालेको भन्दै एक व्यत्तिलाई जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका-१४ स्थित बल्खु चोकमा जेसीबी लगाउने क्रममा सडकमा माटो खसालेको भन्दै महानगरले ५० हजार जरिवाना गराएको हो ।
व्यक्तिगत काम गर्ने क्रममा फोहोर गरेपछि स्थानीय हरिलाल श्रेष्ठलाई ५० हजार जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।