काठमाडौं-सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू समुदायका १६ जना पोखरामा रहेको खुलेको छ । उनीहरू पोखराको दुई फरक स्थानमा बसेको प्रहरी अनुसन्धानबाट पुष्टिएको छ ।
कास्की प्रहरीका अनुसार, १२ जना पर्यटकीय क्षेत्र लेकसाइडस्थित हल्लनचोकको होटल जननीमा बसेका थिए ।
उनीहरूले शनिबार राति होटलमा तीनवटा कोठा लिएर बसेका थिए भने आइतबार बिहान चेकआउट गरेका थिए ।
बाँकी चारजना पोखरा–३२ स्थित गगनगौँडाको चन्द्र भण्डारीको घरमा बसिरहेको पुष्टि भएको छ । घटनाबारे थप जानकारी संकलन गर्न प्रहरी दुवै स्थानमा खटिएको बताइएको छ ।
यसअघि सिन्धुलीबाट एकैसाथ सम्पर्कविहीन भएको खबर आएपछि सुरक्षानिकाय सतर्क बनेका थिए ।