काठमाडौं-बाँकेमा प्रहरीले गोली हानेर चार जना लागुऔषध कारोबारीलाई पक्राउ नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका-४ बाट नियन्त्रणमा लिएको हो
पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी रहेका छन् ।
यस्तै भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार रहेका छन् ।
टोलीले चेकजाच गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जले जनाएको छ । इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएका छन् ।
प्रहरीले चलाएको गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।