mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता

गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता

  • आइतवार, भदौ १, २०८२
गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता

काठमाडौं-गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२्/०८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो बर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताए ।

उनले भने- ‘लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन । विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला । यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।’

त्यसैगरी पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आँकलन भइरहेको भन्दै चालु आर्थिक बर्षभित्र पुर्ननिर्माण सक्ने गरी काम गर्न निर्देशन समेत दिए ।उनले गत आर्थिक बर्षमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेको प्रति बधाई एवं धन्यवाद ज्ञापन गरे ।

उनले भने- ‘अहिलेको आवश्यकता अनुसार थप नयाँ कुरा के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्नुस । सिमित स्रोत साधन, जनशक्ति र बजेटको सिमाभित्र बसेर काम गर्नुपर्छ ।’

कार्य सम्पादन सामुहिक काम भएको बताउँदै उनले जस/अपजस सामुहिक रुपले लिनुपर्नेमा जोड दिए ।

त्यसैगरी मन्त्रालयको नेतृत्वमा आउदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्वन्धी विधयेक अघि बढाएको बताउँदै प्रतिनिधी सभामा केही जटिलताका कारण रोकिएको बताए ।

उनले भने- ‘पाइपलाइनमा रहेका कानून्विधयेक यो महिनाभित्र प्रतिनिधि सभामा दर्ता गर्ने गरी काम अगाढी बढाउनुस ।  मन्त्रालयको नीतिगत र कानूनी सुधार हाम्रो प्राथमिकताको विषय हो, सोही अनुसार काम अघि बढेको छ ।’

गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताप्रति आदानप्रदान गरिएको थियो ।

लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौता पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।

प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने हुन्छ, सोहि आधारमा गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता भएको हो ।

सम्बन्धित समाचार