mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • ४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत भेटिए

४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत भेटिए

  • आइतवार, भदौ १, २०८२
४ दिनदेखि बेपत्ता आमाछोरी झुन्डिएको अवस्थामा मृत भेटिए

धनगढी-कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी एक महिला १० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र १० महिनाकी छोरी अनुजा डंगौरा घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

आरती डंगौराको दुई वर्षअघि बिहे भएको थियो ।

डंगौरा श्रीमान्, सासू र देवरदेउरानी स-परिवारसँगै घरमा बस्दै आएकी थिइन् ।

आरती बेपत्ता २९ साउनदेखि भएपछि खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो ।

खोजीको क्रममा मृत भेटिएका आमाछोरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार