mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ ३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • आर्थीक खबर
  • विद्युत् प्राधिकरणले लियो पाँच अर्ब अल्पकालीन ऋण

विद्युत् प्राधिकरणले लियो पाँच अर्ब अल्पकालीन ऋण

  • सोमवार, भदौ २, २०८२
विद्युत् प्राधिकरणले लियो पाँच अर्ब अल्पकालीन ऋण

काठमाडौं-नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय वाणिज्य बैंकबाट ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।

प्राधिकरणले ५.३९ प्रतिशत ब्याजदरमा ऋण लिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ५ अर्ब रुपैयाँ ऋण लिएर निर्माण व्यवसायीको भुक्तानी दिन थालेको बताए ।

प्राधिकरणले गत आर्थिक वर्षमा ९ अर्बको नाफा गरेको थियो । गत आव २०८१/०८२ मा ९ अर्ब ७ करोड रुपैयाँको मात्रै नाफा भएको प्राधिकरणले जनाएको छ ।

आइतबार प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गत आवमा प्राधिकरणले कर अघि ९ अर्ब ६ करोड ७० लाख रुपैयाँको नाफा गरेको जानकारी गराएको थियो । यसअघि २०८०/०८१ मा प्राधिकरणको नाफा १० अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।

प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले प्रसारण प्रणाली र वितरण प्रणालीमा ठूलो रकम आवश्यक भएको र सरकारले दिने बजेट समेत घटिरहेकाले ऋण लिएर काम गर्न लागेको बताए ।

प्राधिकरणको बोर्ड बैठकले अल्पकालीन १० अर्ब ऋण लिने स्वीकृति दिएको थियो ।

सम्बन्धित समाचार