काठमाडौं-नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले हतियार बुझाउन बुधबार विज्ञप्ति जारी गरेको छ । यदि कसैले उक्त हतियार वा गाेलीगठ्ठा नबुझाएमा कानुनबमाेजिम कारबाही हुने सेनाले चेतावनी दिएकाे छ ।
मंगलबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रर्दशन हुँदा सुरक्षाकर्मीका हतियारसमेत खोसिएका थिए । सेनाले काठमाडौं र पोखराबाट केही हतियार बरामद गरिसकेको छ ।