mega darknetmega darknet
AarthikBikash
मङ्लबार, कार्तिक १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • वेष्ट इन्डिजसँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

वेष्ट इन्डिजसँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

  • सोमवार, भदौ ३०, २०८२
वेष्ट इन्डिजसँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं– वेष्ट इन्डिजसँग ३ खेल सम्मेलित टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले वेष्ट इन्डिजसँग खेल्ने नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । टोलीमा नेपाल ‘ए’ टिमबाट आसामसँगको सिरिजमा राम्रो प्रदर्शन गरेका आदिल आलमले नेपालको सिनियर टिममा पुनरागमन गरेका छन् । २ वर्षभन्दा लामो समय क्रिकेटबाट निलम्बनमा रहेका आदिलले ‘ए’ टिम हुँदै सिनियर टिममा परेका हुन् ।

‘ए’ टिममा राम्रो खेलेका सन्दीप जोराले पनि सिनियर टिममा स्थान बनाएका छन् । नेपाली टुरमा यसअघि रहेका भिम सार्की र रुपेश कुमार सिंह भने टिममा समेटिएका छन् । नेपाली टोलीले सेप्टेम्बर २७, २९ र ३० मा यूएईको सारजाह क्रिकेट स्टेडियममा यो सिरिज खेल्नेछ ।

यस्तो छ वेष्ट इन्डिजसँग खेल्ने नेपाली क्रिकेट टिम

रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम ।

सम्बन्धित समाचार