AarthikBikash
शुक्रबार, अशोज ३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • संविधान दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

संविधान दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

  • शुक्रबार, अशोज ३, २०८२
संविधान दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं-संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

सम्बन्धित समाचार