वीरगन्ज-नरभक्षी बाघलाई बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले शुक्रबार ‘डार्ट’ हानेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो ।
बाराको अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखेको छ । सो बाघले तीन महिनामा ४ जनाको ज्यान लिएको थियो ।