काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।
जवाफमा प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन र सुशासनलाई आफूले केन्द्रमा राखेको बताएकी थिइन् ।
भेटमा प्रधानमन्त्री सहित सचिवालयका सदस्यहरू थिए । छलफल करिब ३० मिनेट चलेको थियो ।