mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • स्वच्छ युवा नेताहरु नआएसम्म ठुलो परिवर्तन सम्भव छैन : महावीर पुन

स्वच्छ युवा नेताहरु नआएसम्म ठुलो परिवर्तन सम्भव छैन : महावीर पुन

  • शुक्रबार, अशोज १०, २०८२
स्वच्छ युवा नेताहरु नआएसम्म ठुलो परिवर्तन सम्भव छैन : महावीर पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरु नआएसम्म ठुलो परिवर्तन सम्भव नरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आगामी चुनावबाट स्वच्छ युवा नेताहरुको बहुमतको सरकार बनाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्- ‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नु होस् भन्ने आह्वान गर्दछु।’

योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्न पनि उनले आह्वान गरेका छन् ।

सम्बन्धित समाचार