काठमाडौं-नेकपा एकीकृत समाजवादीले माओवादी लगायत कम्युनिष्टसँग पार्टी एकता गर्न वार्ता टोली गठन गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएका हुन ।
भुसालको संयोजकत्वमा गठित वार्ता टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन् ।
वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न वार्ता टाली गठन गरेको नेपालले जनाएका छन् । उक्त टोलीलाई ११ बुँदामा एकताको सैद्धान्तिक आधार खोज्न म्यान्डेट दिएको पनि अपानिमा उल्लेख छ ।