mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान

नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान

  • बुधबार, अशोज २२, २०८२
नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान

काठमाडौं – नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। एक महिनाअघि भएको जेनजी आन्दोलनको क्षतिलाई ध्यानमा राख्दै विश्व बैंकले सन् २०२५/२६ का लागि यस्तो प्रक्षेपण गरेको हो।

दक्षिण एसियाको विकासको अद्यावधिक प्रतिवेदन ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ शीर्षकमा मंगलबार प्रकाशित प्रतिवेदनमा आर्थिक वृद्धिको सम्भावित घट्ने दायरा विद्यमान वृद्धिदरभन्दा १.५ देखि २.६ प्रतिशत हुने अनुमान गरिएको छ। आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत थियो।

जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीले बिमा उद्योगलाई असर गर्ने प्रतिवेदनमा उल्लेख छ। लगानीकर्ताको कमजोर विश्वासले निजी लगानी र गैरजलविद्युत् आयोजना निर्माणमा बाधा पुर्‍याउने प्रक्षेपण पनि गरिएको छ।

धान उत्पादन हुने मुख्य क्षेत्रमा ढिलो भएको वर्षाले कृषि क्षेत्रलाई बाधा पुर्‍याउने तर पुनर्निर्माण प्रयासले पुनर्लाभलाई समर्थन गर्ने र आव सन् २०२७/२८ मा गति लिने अपेक्षा गरिएको छ। सन् २०२६ मा भने नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशत रहने प्रक्षेपण छ।

प्रतिवेदन अनुसार सन् २०२६ मा दक्षिण एसियाली देशमा भुटानको आर्थिक वद्धिदर सबैभन्दा बढी ७.३ प्रतिशत रहनेछ। त्यसपछि भारतको ६.५ प्रतिशत, बङ्गलादेशको ४.८ प्रतिशत, माल्दिभ्स ३.९ प्रतिशत र श्रीलङ्काको ३.५ प्रतिशत रहने प्रक्षेपण छ। यो प्रतिवेदनमा पाकिस्तानलाई समावेश गरिएको छैन।

सम्बन्धित समाचार