काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरूसँग छलफल गरेका हुन् ।
छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरूसँग छलफल गरे ।
आज हुने भनिएको प्रर्दशन, त्यसको सुरक्षा चुनौती, केही नेताहरूले दिएको अभिव्यक्ति, देशभर जाहेरी दिने भनि सुरु भएको अभियान र त्यसको सुरक्षा चुनौती, पछिल्ला राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको उच्च स्रोतले बतायो ।
मन्त्रालयमा करिब २ घण्टासम्म सुरक्षा निकायका प्रमखहरूसँग गृहमन्त्रीले ब्रिफ्रिङ लिएका थिए ।