mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • अन्ततः जेनजी ग्रुपले पायो भोटेकोशीको १० प्रतिशत शेयर सित्तैमा

अन्ततः जेनजी ग्रुपले पायो भोटेकोशीको १० प्रतिशत शेयर सित्तैमा

  • सोमवार, अशोज २७, २०८२
अन्ततः जेनजी ग्रुपले पायो भोटेकोशीको १० प्रतिशत शेयर सित्तैमा

सिन्धुपाल्चोक-‘जेनजी आन्दोलन’को दबाबपछि भोटेकोशी पावर कम्पनी र स्थानीय समूहबीच सहमति भएपछि ४५ मेगावाट क्षमताको अपर भोटेकोशी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ ।

करिब एक महिनादेखि अवरुद्ध रहेको आयोजना आइतबार भोटेकोशी पावर कम्पनी र भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच भएको सम्झौतापछि सञ्चालनमा आएको हो । सम्झौता अनुसार, कम्पनीले १० प्रतिशत शेयर निःशुल्क रूपमा स्थानीय जनतालाई दिने सहमति गरेको छ ।

सम्झौतामा भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्टका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका सचिव विश्वमोहन कर्माचार्य लगायतका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा उल्लेख छ, ‘भोटेकोशी पावर कम्पनी प्रालि (दोस्रो पक्ष) ले आफ्नो शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई समेटी खडा भएको पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो।’

यसअघि नै राजनीतिक दलका स्थानीय प्रतिनिधिको रोहबरमा ६ प्रतिशत शेयर स्थानीयलाई दिने प्रारम्भिक सम्झौता भएको थियो। तर भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’ नामक समूहले आयोजनालाई पूर्ण रूपमा बन्द गर्दै १० प्रतिशत शेयर निःशुल्क माग गरेको थियो।

कम्पनीले सो माग अस्वीकार गर्दै “शेयर दिन सकिन्छ तर निःशुल्क दिन मिल्दैन” भन्ने अडान लिएको थियो । त्यसपछि आयोजनाको कामकाज करिब एक महिनासम्म रोकिएको थियो।

तर पछिल्लो सहमतिअनुसार, २०७१ सालको ६ प्रतिशत शेयर सम्झौतामा थप ४ प्रतिशत वृद्धि गर्दै कुल १० प्रतिशत शेयर निःशुल्क रूपमा स्थानीयको नाममा दिने सहमति भएको हो।

 

सम्बन्धित समाचार