mega darknetmega darknet
AarthikBikash
सोमवार, अशोज २७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • पूर्वसभामुख महरालाई आज अदालत उपस्थित गराइँदै

पूर्वसभामुख महरालाई आज अदालत उपस्थित गराइँदै

  • सोमवार, अशोज २७, २०८२
पूर्वसभामुख महरालाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गराउन लागिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले बताए ।

महरालाई म्याद थप गर्न सरकारी वकिलमार्फत प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

चिनियाँ संगठित गिरोहसँग मिलेर भेपमा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका थिए। सीआईबीले यसअघि मुद्दा नचलाइ राखेको थियो। सुन तस्करीको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, राजनीतिक शक्तिको आडमा उनीमाथि मुद्दा चलेको थिएन ।

नयाँ सरकार बनेसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका सबै मुद्दाहरू ब्रेक-थ्रु हुन्छन भनेका थिए।

अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि पुन पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार