mega darknetmega darknet
AarthikBikash
बुधबार, अशोज २९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सभामुखको दलहरूसँग आज निर्णायक छलफल

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सभामुखको दलहरूसँग आज निर्णायक छलफल

  • बुधबार, अशोज २९, २०८२
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सभामुखको दलहरूसँग आज निर्णायक छलफल

काठमाडौं-प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीलाई तीव्र बनाउँदै सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलहरूसँग निर्णायक छलफल गर्दैछन् ।

संसद् पुनर्स्थापनाको माग अघि सार्दै घिमिरेले बुधबार बिहान ९ बजे ११ राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी सहभागी हुनेछन्।

तर राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने छलफलमा निमन्त्रणा गरिएको छैन। सभामुखले प्रतिनिधिसभा विघटनअघि रहेका प्रमुख सचेतकहरूलाई समेत छलफलमा बोलाएका छन्।

सम्बन्धित समाचार