AarthikBikash
शनिबार, चैत्र २१, २०८२
  • होमपेज
  • राजनीति
  • जसपा मधेश प्रदेशका सांसद सरोज सिंहसहित १६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

जसपा मधेश प्रदेशका सांसद सरोज सिंहसहित १६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

  • बिहिबार, अशोज ३०, २०८२
जसपा मधेश प्रदेशका सांसद सरोज सिंहसहित १६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उपभोक्ता समितिको खातामा भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न लगाई श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरेर हिनामिना गरेको अभियोगमा सिंहसहित १६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पूर्वगृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ पक्राउ परेर तारेखमा छुटेका थिए ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए ।

घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको छ ।

उनीमाथि सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको आरोप छ ।

सम्बन्धित समाचार