काठमाडौं-यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो ।
यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो ।
सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ ।