mega darknetmega darknet
AarthikBikash
बुधबार, कार्तिक ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रधानमन्त्री कार्कीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?

प्रधानमन्त्री कार्कीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?

  • मङ्लबार, कार्तिक ५, २०८२
प्रधानमन्त्री कार्कीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?

काठमाडौं-आउँदो निर्वाचनको तयारीका लागि प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् ।

आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छलफलमा प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरूलाई बोलाइएको हो ।

नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रधानमन्त्रीसँगको छलफलमा महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत, माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

यसैगरी जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी सहभागी हुन लागेका छन् । यसैगरी जनमत पार्टीबाट सीके राउत सहभागी हुनेछन् ।

प्रधानमन्त्री कार्कीको उपस्थितिमा यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दलहरूसँग छलफल गरिसकेका छन् ।

सम्बन्धित समाचार