mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी

  • शुक्रबार, कार्तिक २९, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।

रास्वपाबाट निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिकतर्फ निवर्तमान सांसद रहेका परियारले रास्वपा छाडेका हुन्।

विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक रहेका परियारले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएका छन् ।

रास्वपा छाडेर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताएका छन् ।

यसअघि निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन्।

उनले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् ।

सम्बन्धित समाचार