काठमाडौं-ऊर्जामन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।
मन्त्री घिसिङले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् । कुलमानले सम्पत्ति विवरण नबुझाएको भन्दै आलोचना भएपछि उनले शुक्रबार मात्रै विवरण बुझाएका छन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण बुझाइसकेका छन् ।
अब सम्पत्ति विवरण नबुझाउने मन्त्रीको सूचीमा सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्य मन्त्री सुधा गौतम छन् ।
मन्त्रीहरुले सम्पत्ति विवरण बुझाएको पनि सार्वजनिक भने भएको छैन ।