काठमाडौं-बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय तोकिएको छ ।
विशेष न्यायाधिकरणले महिनौं लामो सुनुवाइमा उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गरिएको थियो।
हसिनासँगै र दुई शीर्ष सहयोगीहरूलाई जुलाई विद्रोहको समयमा गरिएको मानवता विरुद्धको अपराधको दोषी ठहर गरेको छ ।
अन्य दुई जना पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अलमामुन हुन् ।
७८ वर्षीया हसिनाले गत वर्ष अगस्ट ५ मा भएको विद्यार्थी नेतृत्वको विद्रोहलाई दबाउन घातक कारबाहीको आदेश दिएको आरोपमा मुद्दाको सामना गर्न भारतबाट फर्कन न्यायाधिकरणको आदेशको अवज्ञा गरेकी छिन् ।