AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • एनपिएल: टस जितेर चितवनले पहिला बलिङ गर्दै

एनपिएल: टस जितेर चितवनले पहिला बलिङ गर्दै

  • शुक्रबार, पुस ४, २०८२
एनपिएल: टस जितेर चितवनले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिन आज चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ।टस जितेर चितवनले बलिङ गर्ने भएको छ। लिगको यो दोस्रो खेल हो। दुवै टोली जितकासाथ लिगको सुरु गर्ने दाउमा रहनेछ। चितवन यो पटक पनि युवा क्रिकेटर कुशल मल्लको कप्तानीमा रहनेछ। चितवनले सोहेल तनबिर र रवि बोपरालाई निरन्तरता दिएको छ। कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहनेछ। कर्णालीसँग राष्ट्रिय टिमका ३ पेस बलरको साथ रहनेछ। ब्याटिङमा भने विदेशी खेलाडीमा कर्णालीले यो सिजन भर गरेको छ।

हिजो भएको पहिलो खेलमा भने साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको थियो। आज दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

सम्बन्धित समाचार