mega darknetmega darknet
AarthikBikash
बुधबार, मंसिर ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचनका लागि एमालेले आयोगमा दियो दल दर्ताको निवेदन

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले आयोगमा दियो दल दर्ताको निवेदन

  • बुधबार, मंसिर ४, २०८२
राष्ट्रियसभा निर्वाचनका लागि एमालेले आयोगमा दियो दल दर्ताको निवेदन

काठमाडौं-आगामी माघ ११ गतेबाट हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

बुधबार आयोगको केन्द्रीय कार्यालय पुगेर एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको औपचारिक निवेदन बुझाएका हुन् ।

आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले मंसिर १ देखि ७ गतेसम्मको समय तय गरेको छ ।

प्रतिनिधिसभाको चुनाव फागुन २१ गतेका लागी तोकिएको छ भने फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ मा निर्वाचनको मिति तोकिएको छ ।

एमालेले प्रतिनिधिसभाको निर्वाचनका लागि भने दल दर्ताको निवेदन दिएको छैन ।

उसले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै आएको छ ।

सम्बन्धित समाचार