mega darknetmega darknet
AarthikBikash
बिहिबार, मंसिर ५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • ८ बजेसम्म कर्फ्यू तोकिएको सिमारामा हवाई फायर, सेना खटाउने तयारी

८ बजेसम्म कर्फ्यू तोकिएको सिमारामा हवाई फायर, सेना खटाउने तयारी

  • बिहिबार, मंसिर ५, २०८२
८ बजेसम्म कर्फ्यू तोकिएको सिमारामा हवाई फायर, सेना खटाउने तयारी

काठमाडौं-बाराको सिमरामा हवाइ फायर भएको छ । जेनजी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध नमानेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको भएपनि भीड बढेपछि हवाइ फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोक छ ।

कफ्यूका बीच प्रदर्शन नगर्न जेनजी समूहलाई चेतावनी दिँदै सिमरामा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।

सिडिओले बोलाएको वार्तामा जानका लागि जेन(जीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्नै लाग्दा जेन(जी समूहबीचमै विवाद भएपछि अहिले उनीहरू सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् ।

बुधवार जेन(जीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।

सिमरामा बुधबार नेकपा एमाले र जेनजी युवाबीच झडपपछि बुधबार र बिहीबार दिउँसो तनाबग्रस्त बनेको हो।

जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन गरेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। सडक अवरुद्ध भएपछि अहिले प्रहरी र जेनजीबिच धकेलाधकेल भएको थियो।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार विरगंज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म दायाँबायाँ र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू जारी भएको हो।

कर्फ्यू जारी भएपडि भिड बढ्न थालेपछि प्रहरीले हवाइ फायर गरेको जनाएको छ ।

यसैबीच, सरकारले प्रतिनिधि सभा निर्वाचनका लागि भन्दै अहिलेबाटै नेपाली सेना परिचालन गर्ने तयारी गरेको छ । आजको राष्ट्रिय सुरक्षा परिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिसमक्ष सेना परिचालनका लागि सिफारिस गर्ने तयारी गरेकी छन् ।

सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्ने बैठकले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेको हो।

एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ। सेना परिचालनको सिफारिस प्रयोजनार्थ गृहमन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्‌मा पत्राचार गरिसकेको छ।

भदौ २३ र २४ को जेनजी आन्दोलनले बिग्रिएको शान्ति सुरक्षाको अवस्था अहिले पनि साम्य भइसकेको छैन। निर्वाचनका लागि सुरक्षा वातावरण नभएको भन्दै दलहरूले सरकारको आलोचना गरिरहेका छन्।

सुरक्षा वातावरण बनाउन भन्दै सरकारले यसपटक नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न लागेको हो। यसअघिका निर्वाचनमा निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो।

तर, यसपटक सुरक्षा अवस्था असामान्य रहेकाले पहिल्यै सेना खटाउन लागिएको हो। आजको बैठकमा बाराको सिमरामा भइरहेको घटनाबारे पनि छलफल हुनेछ। सिमरामा बुधबार जेनजीले गरेको प्रदर्शनमा एमालेका नेता कार्यकर्ताले हातपात गरेको आरोप छ। अवस्था तनावग्रस्त भएपछि सिमरा विमानस्थल आसपास कर्फ्यु लगाइएको थियो। आज पनि साँझ ८ बजेसम्म कर्फ्युलाई निरन्तरता दिइएको छ।

सम्बन्धित समाचार