mega darknetmega darknet
AarthikBikash
बिहिबार, मंसिर ५, २०८२

सिंहदरबारमा सुरक्षा परिषदको बैठक जारी

  • बिहिबार, मंसिर ५, २०८२
सिंहदरबारमा सुरक्षा परिषदको बैठक जारी

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ ।

सिंहदरवारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक केहिबेर अघिदेखि सुरु भएको हो ।

बाराको सिमरामा जेनजी युवाको प्रदर्शन चर्किएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले सुरक्षा परिषद्को बैठक बोलाएकी हुन्।

यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

बुधबार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो । आज पुन: अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ । उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्यालसहित सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी छन्।

सम्बन्धित समाचार