AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा १७ मंसिरमा, प्रमुख अतिथि कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा १७ मंसिरमा, प्रमुख अतिथि कुलमान घिसिङ

  • शुक्रबार, पुस ४, २०८२
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा १७ मंसिरमा, प्रमुख अतिथि कुलमान घिसिङ

काठमाडौं– उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेर खुलेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा मंसिर १७ गते गरिने भएको छ । आज पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार मंसिर १७ गते दिउँसो १ बजे प्रज्ञा भवन, कमलादीमा घोषणा सभा गरिनेछ ।

विज्ञप्तिमा भनिएको छ- ‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौँ । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।’ कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री घिसिङ नै रहनेछन् । त्यस दिन उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ ।

सम्बन्धित समाचार