mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू, तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्दै

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू, तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्दै

  • सोमवार, मंसिर १६, २०८२
विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरू,  तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्दै

विराटनगर-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा विराटनगरमा सुरू भएको छ ।

माओवादी केन्द्र, नेकपा एससहित दर्जनभन्दा बढी वाम घटकहरू मिलेर गठन भएको नेकपाले देशव्यापी एकताको सन्देश दिन अभियान सञ्चालन गरिरहेको छ ।

सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडा लगायतका शीर्ष नेताहरू उपस्थित छन् ।

सभामा तीन जना पूर्वप्रधानमन्त्रीहरु दाहाल, नेपाल र खनालसहितका नेकपाका नेताहरुले संयुक्त रुपमा सम्वोधन गर्नेछन् ।

राजनीतिक रूपमा संवेदनशील मानिएको विराटनगरमा यी शीर्ष नेताहरूले साझा मञ्चबाट देशको वर्तमान अवस्था, राष्ट्रियता, सुशासन र भ्रष्टाचारविरुद्ध सम्बोधन गर्ने जनाइएको छ।

एकता अभियानलाई जनस्तरमा सुदृढ बनाउने उद्देश्यले आयोजित सभामा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट सयौँ नेता तथा कार्यकर्ताहरू विराटनगर आइपुगेका छन् ।

सम्बन्धित समाचार