AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • कुलमानको उपस्थितिमा आज उज्यालो नेपाल पार्टीको घोषणा सभा

कुलमानको उपस्थितिमा आज उज्यालो नेपाल पार्टीको घोषणा सभा

  • शुक्रबार, पुस ४, २०८२
कुलमानको उपस्थितिमा आज उज्यालो नेपाल पार्टीको घोषणा सभा

काठमाडौं– उज्यालो नेपाल पार्टीले आज राजधानीको प्रज्ञा भवनमा वृहत घोषणा सभा आयोजना गर्न लागेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत गरिएको जानकारीअनुसार घोषणा सभा दिउँसो १ बजेबाट सुरु भई ४ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा ऊर्जामन्त्री तथा उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ स्वयं उपस्थित रहनेछन् ।

चुनावको नजिक मात्रै सक्रिय देखिने भनिएका घिसिङ यस पटक भने औपचारिक रुपमा पार्टीभित्र खुला रूपमा सहभागितामा उत्रिन लागेका छन्। आजको कार्यक्रममार्फत पार्टीले दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार