काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ भए पनि श्रेष्ठ यसपालि सर्लाही-३ बाट चुनाव लड्ने निश्चित भएको हो ।
श्रेष्ठ २०७४ को चुनावमा गोरखा-२ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
त्यसपछि २०७९ को चुनावमा त्यहाँबाट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेका थिए ।
प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।